आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

राष्ट्रपति भेट्न माधव नेपाल पुगे शीतल निवास

गोकर्णेश्वर खबर२३ बैशाख २०७८, बिहीबार २१:०७ मा प्रकाशित (२ साल अघि) ४६२ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपश्चात् पूर्व प्रधानमन्त्रीसमेत रहेका राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार उनी केही बेरअघि शितल निवास पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि २७ गते संसद बैठक बोलाएका छन्। सो बैठकमा ओलीलाई असफल बनाउनका लागि रणनीति तय गर्न भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।

यसअघि हिजो मात्रै देउवासँग भेटेर ओलीले विश्वासको मत दिन आग्रह गरेका थिए। सो भेटमै देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन्।
अर्कोतर्फ हिजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो।