आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नेपालमा एकैदिन ९ हजार ७० कोरोना संक्रमित थपिए

गोकर्णेश्वर खबर२३ बैशाख २०७८, बिहीबार १७:४५ मा प्रकाशित (२ साल अघि) ३१८ पाठक संख्या

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ९७० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

२० हजार ३६७ जनाको पीसीआर र ७७५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।