आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर२३ बैशाख २०७८, बिहीबार १६:३७ मा प्रकाशित (२ साल अघि) ३६२ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाका थप ४ जना सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संसद् सचिवालयले दिएको जनाकारी अनुसार ४ जना सांसद् र २ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी छन् ।

सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

बुधबार सभामुखसहित १ सय २८ सांसद्, कमएचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६ सय ९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।