आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कोरोना संक्रमणबाट पूर्वमन्त्री पहाडीको मृत्यु

गोकर्णेश्वर खबर२३ बैशाख २०७८, बिहीबार ११:५६ मा प्रकाशित (२ साल अघि) २६६ पाठक संख्या

काठमाडौं । कोरोनाका संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ ।

बुधबार नेपालगञ्जको भेरी अस्पताल भर्ना भएका पहाडीको रातिनै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज बलीले जानकारी दिए ।

संक्रमणपछि होम आइसोलेसनमा बसेका ७८ वर्षीय पहाडीलाई स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पताल भर्ना गरिएकाे थियाे । पहाडीको गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

पहाडी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।