आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एमाले स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

गोकर्णेश्वर खबर२३ बैशाख २०७८, बिहीबार ११:१६ मा प्रकाशित (२ साल अघि) ५८२ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आफ्नै पार्टीको माधव–झलनाथ पक्षका सांसदहरुले विश्वासको मत नदिने संकेतका बीच ओलीले बोलाएको आकस्मिक बैठकलाई चासोका साथ हेरिएको छ ।