आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

चितवनमा कोरोना संक्रमितले गरे झुण्डिएर आत्महत्या

गोकर्णेश्वर खबर२३ बैशाख २०७८, बिहीबार ०९:०५ मा प्रकाशित (२ साल अघि) ४४२ पाठक संख्या

चितवन । चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारी अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।

यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई झाडापखलासमेत लागेको जनाइएको छ ।

घटनाबारे जानकारी पाएपछि अहिले माडी नगरपालिकाका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रतिनिधिसहित शवको पोष्टमार्टम एवम् व्यवस्थापनबारे छलफल भैरहेको छ ।