आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमणको पुष्टि

गोकर्णेश्वर खबर२२ बैशाख २०७८, बुधबार १७:०१ मा प्रकाशित (२ साल अघि) ४४८ पाठक संख्या

काठमाडौं, बैशाख २२ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा चार हजार ८२५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । देशभरि आठ हजार ६०५ जनामा सङ्क्रमित पहिचान गरिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सम्बन्धि दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा चार हजार ८२५ जना सङ्क्रमितको पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा ४५८, ललितपुरमा ५१८ र काठमाडौंमा तीन हजार ८४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । प्रवक्ता गौतमले हाल ६०० जना सङ्क्रमित आईसीयूमा रहेकोमा १५६ जना भेन्टिलेटरमा छन् ।