आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा कार्यलय भवन शिलान्यास

गोकर्णेश्वर खबर२२ बैशाख २०७८, बुधबार १६:२७ मा प्रकाशित (२ साल अघि) ११२२ पाठक संख्या

काठमाडौं, बैशाख २२ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा कार्यलय भवनको शिलान्यास गरिएको छ ।  करिब २ करोड ६६ लाख १९ हजार ९सय ३७ रुपैया ६० पैसाको लागतमा  साढे दुइतले उक्त भवन २०७८ साल चैत्र १५ गते सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित बेसिगाउमा  बन्न लागेको सो भवन निर्माणको लागि २०७७ साल पौष २८ गते सम्झौता भई उक्त भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो। आर एण्ड सी एस बिल्डर्स प्रालिले उक्त भवन समयमा नै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको बताएको छ।

शिलान्यास कार्यक्रममा मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, वडा ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल, नेपाली कांग्रेस सूचना,संचार तथा प्रचार विभाग केन्दिय सदस्य  बिमल ठकुरी, नेपाली कांग्रेस काठमाण्डौं जिल्ला सदस्य भावना ठकुरी, वडा नं. ८ का वडा सदस्यहरु डम्बर श्रेष्ठ, नन्दलाल श्रेष्ठ, सोविता मिजार, काठमाण्डौं जिल्ला समन्वय सदस्य सान्नानी लामा, डाँडागाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहाल लगायत कर्मचारी र स्थानीयको उपस्थिति रहेको  थियो।