आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु

गोकर्णेश्वर खबर२२ बैशाख २०७८, बुधबार १०:४१ मा प्रकाशित (२ साल अघि) २२१ पाठक संख्या

दाङ । दाङमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुई जना गम्भीर घाइते छन्।

घोराही उपमहानगरपालिका वडा नम्बर १३ का करिब ३३ वर्षीय विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।

दुर्घटनामा परेर तुलसीपुर उपमहानगर ४ घर भई घोराही १७ मा बस्दै आएका ३५ वर्षीय राजकुमार थापा र तुलसीपुर १६ का २३ वर्षीय वसन्त भण्डारी गम्भीर घाइते छन्।

उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

घोराही–कमेरेचौर सडकखण्ड अन्तर्गत घोराही उपमहानगर ४ ओइरेनीमा बुधबार बिहान ७ बजेतिर रोल्पाको लिवाङबाट दाङको घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कारपियो दुर्घटनामा परेको थियो।

शव घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको डिएसपी रिजालले बताए। स्कारपियो सडकबाट तल खसेको थियो।

गए राति दाङ र आसपासका जिल्लामा पानी परेको थियो। बाटो चिप्लो भएर वा खाली बाटोमा तीव्र रूपमा गाडी हाँक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।