आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

काठमाडौं उपत्यकामा आज ३ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर२१ बैशाख २०७८, मंगलवार १८:०२ मा प्रकाशित (२ साल अघि) ५७१ पाठक संख्या

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५५ जनाको मृत्यु भएको छ ।