FLASH NEWS
आज: २९ बैशाख २०७८, बुधबार | Wed, 12, May, 2021

एमाले सांसदबाट राजीनामा दिएका दृगनारायण पाण्डेय कांग्रेसमा प्रवेश

गोकर्णेश्वर खबर२० बैशाख २०७८, सोमबार २२:१७ मा प्रकाशित (१ हफ्ता अघि) ४२ पाठक संख्या

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमालेको सांसद पदबाट राजीनामा दिएका दृगनारायण पाण्डेय नेपाली कांग्रेस प्रवेश गरेका छन्।

मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएपछि असन्तुष्टि जनाउँदै आइतबार पाण्डेयले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ।

उनी सोमबार कांग्रेस प्रवेश गरेका हुन्।
पाण्डेयलाई अब राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउन लागिएको छ। जेठ ६ मा हुने उपनिर्वाचनमा उनलाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाउने सहमति भएको छ।

यसबारे आज पत्रकार सम्मेलन गरी उनीहरूले जानकारी गराएका हुन्।
यहाँ माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा उपनिर्वाचन हुँदैछ। खड्का माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेपछि पद रिक्त थियो।

पाण्डेय पहिले कांग्रेस थिए। उनी गत चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर २(ख) प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

कांग्रेसका प्रमुख सचेतक फकरूद्दिन खानले राष्ट्रिय सभा उपनिर्वाचनमा पाण्डेयलाई साझा उम्मेदवार बनाउने सहमति भइसकेको बताए।