आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस

गोकर्णेश्वर खबर२० बैशाख २०७८, सोमबार १७:०४ मा प्रकाशित (२ साल अघि) ४२० पाठक संख्या

काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले बतायो।

शेरचन र त्रिपाठी दुबै जना माओ‌वादी केन्द्रका पूर्वनेता हुन्। उनीहरूलाई नेकपाकालीन समयमा प्रदेश प्रमुख नियुक्त गरिएको थियो।