FLASH NEWS
आज: २९ बैशाख २०७८, बुधबार | Wed, 12, May, 2021

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर२० बैशाख २०७८, सोमबार १०:२२ मा प्रकाशित (१ हफ्ता अघि) ६३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।

आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको र डा. अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन शुरु गरेको शर्माले बताए ।

उनले कोरोना संक्रमणबाट जोगिनका लागि सजग रहन सबैलाई आग्रह पनि गरेका छन् ।