आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई पत्र,मुख्यमन्त्रीमा केसीको दाबी

गोकर्णेश्वर खबर१९ बैशाख २०७८, आईतवार १७:४९ मा प्रकाशित (२ साल अघि) २४५ पाठक संख्या

काठमाडौं । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्रीमा पुनः नियुक्ति गरेको केहीबेरमै गठबन्धनका तर्फबाट ४२ जनाको हस्ताक्षरसहित माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

४२ सांसदको हस्ताक्षरसहित उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।

सूर्य चुनाव चिह्न लिएर स्वतन्त्ररुपमा चुनाव जितेका दुई सांसद धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा माओवादी केन्द्रमा प्रवेश गरेकी विमला वलीको पनि हस्ताक्षर रहेको छ ।

पत्रमा भनिएको छ, “लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यको बहुमत प्राप्त नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य माननीय कुलप्रसाद केसीलाई नेपालको संविधान धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्न तपसिल बमोजिमको लुम्बिनी प्रदेश सभाका सदस्यहरुको समर्थन रहेको हुँदा दबी प्रस्तुत गर्दछु ।”