आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

घाँस काट्ने क्रममा लडेर घाइते भएकी खत्रीको उपचारार्थ डीजीएस नेपालले गर्यो आर्थिक सहयोग

गोकर्णेश्वर खबर१९ बैशाख २०७८, आईतवार १७:१६ मा प्रकाशित (२ साल अघि) ४१५ पाठक संख्या

काठमाडौं । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी अर्घाखाँची मालारानी -७ की सुन्तली खत्रीको उपचारार्थ डीजीएस नेपालले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । डीजीएस नेपालको पहलकदमीमा संकलित ३१,४९५(एकतीस हजार चारसय पन्चानब्बे) रुपैयाँ पीडितको आफन्तलाई हस्तान्तरण गरिएको हो ।

गत चैत्र महिनामा घाँँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएकी खत्रीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको आफन्तले जानकारी दिएका छन् । पीडित खत्रिको  हात,खट्टा र मेरुदण्ड भाचिएको बताइएको छ ।  खत्रीको आर्थिक अवस्था निकै कमजोर रहेको कारण उपचारको लागी केही सहयोग होस् भन्ने हेतुले नै सो आर्थिक सहयोग गरिएको डीजीएसका सञ्चालक सागर खड्काले जानकारी दिए ।

उनका अनुसार डीजीएस नेपालको पहलकदमीमा बुट्वल-१६ बाट रिना बस्नेत,बुट्वल-१८ बाट सीता विसी ,र मोहन भुसालको सक्रियतामा रकम संकलन गरिएको थियो ।

संकलित रकम डीजीएस नेपालका अध्यक्ष नारायण पन्थी, सञ्चालक सागर खड्का, रेशम बाबु खनाल र अन्य सहयोगिहरुको सहभागितामा बिरामीका आफन्तलाइ हस्तान्तरण गरिएको  छ ।  पारिवारिक अवस्था कमजोर भएकी खत्रीको उपचारको लागी सहयोग गरिदिनुहुन समेत डीजीएसले अनुरोध गरेको छ ।