आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

चुनाव माओवादी केन्द्रकै नेताहरुको सहयोगमा जितेकी हुँ,त्यसैले यता रोजे: सांसद वली

गोकर्णेश्वर खबर१९ बैशाख २०७८, आईतवार १५:३३ मा प्रकाशित (२ साल अघि) ३०६ पाठक संख्या

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् ।

वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् । एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भयो ।

एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेकी छन् । उनले भनेकी छन्, ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ ।’

चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको उनले बताइन् ।