FLASH NEWS
आज: २९ बैशाख २०७८, बुधबार | Wed, 12, May, 2021

तुलसीपुरमा पार्किङ गरी राखिएको जीपमा मृत भेटिएका तीनै बालकको पहिचान खुल्यो

गोकर्णेश्वर खबर१९ बैशाख २०७८, आईतवार १४:३० मा प्रकाशित (१ हफ्ता अघि) ११२ पाठक संख्या

दाङ । तुलसीपुरमा पार्किङ गरी राखिएको जीपमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको छ । भारतीय नंम्बर प्लेटको आरजेओ १ सीसी ०८८५ नम्बरको हरियो रंगको कार भित्र फेला परेका बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका –६ बरुवागाँउमा पार्किङ गरि राखिएको उक्त जीपमा सोही ठाउँका ९ वर्षीय सन्देश परियार, ७ वर्षीय सुर्वण परियार र कर्ण परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरी प्रमुख गणेश चन्दका अनुसार मृतक तीन जनाको शव पोष्टमास्र्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशीक अस्पतालमा राखिएको छ । लक गरिएको जीपमा शव भेटिएदा घटना शंकास्पद भएको भन्दै प्रहरीले नेपालगन्जबाट तालिम प्राप्त बिशेष कुकुर सहित प्रहरी ल्याएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।

गत वैशाख १६ गते घरबाट बेपत्ता भएका तीन बालक गएराति कारभित्र मृतअवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए ।