आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य

गोकर्णेश्वर खबर१९ बैशाख २०७८, आईतवार १३:३६ मा प्रकाशित (२ साल अघि) ५८४ पाठक संख्या

काठमाडौं । लुम्बिनी प्रदेशमा आजबाट बोलाइएको विशेष अधिवेशन अन्त्य भएको छ । कामचलाउ मुख्यमन्त्रीको सिफारिसमा प्रदेशप्रमुखले धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशप्रमुखले अधिवेशन अन्त्य गरिसक्नुभएको छ । हामी सूचना निकाल्दै छौं, प्रवक्ता चिरन्जीवी पौडेलले भने ।

बैठक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, आजै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका थिए ।