आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

आज बैशाख १८ शनिवार, यस्तो छ तपाईको राशिफल

गोकर्णेश्वर खबर१८ बैशाख २०७८, शनिबार ०८:३० मा प्रकाशित (२ साल अघि) ३६९ पाठक संख्या

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ । साँझमा पैसा खर्च बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । रोकिएका व्यापार व्यवसाय विस्तारै सुचारु हुन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मङ्गल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जोश जाँगर र हिम्मत बढ्नेछ । नयाँ कामको योजना बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । आफन्तसँग भेटघाट हुने छ । उपहार पाइने सम्भावना पनि छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कार्यमा सम्पादनमा समस्या आउला । सरकारी निकायको भय पनि रहनेछ, तर नयाँ कार्य र शुभकार्यको चर्चा चल्नेछ ।