आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

इराकसँग नेपालले मैत्रीपूर्ण खेल खेल्ने

गोकर्णेश्वर खबर१७ बैशाख २०७८, शुक्रबार ०९:३८ मा प्रकाशित (२ साल अघि) ३१७ पाठक संख्या

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसै साता इराकले नेपाललाई मैत्रीपूर्ण खेल खेल्नका लागि प्रस्ताव गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।

इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल अ‍ागामी जेठ १५ (मे २९) मा हुनेछ ।

विश्वकप छनोट खेलको तयारी गरि रहेको नेपालले इराकसँग खेल्न लागेको हो । नेपाली फुटबल टोलीले पछिल्लो सयम उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ।

नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ । फिफा वरीयतामा इराक ६८ स्थानमा रहेको छ भने नेपाल १७१ औं स्थानमा रहेको छ ।

प्रशिक्षक अब्दुल्लाहले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएका छन् । नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने छन् ।