आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

उपत्यकामा आजै थपिए १५६१ कोरोना संक्रमित,काठमाडौंका मात्रै ११ सय २७ जना

गोकर्णेश्वर खबर१६ बैशाख २०७८, बिहीबार १८:५९ मा प्रकाशित (२ साल अघि) ३५४ पाठक संख्या

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

बिहीबार मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।