आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

२४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४७ जनामा कोरोना पुष्टि

गोकर्णेश्वर खबर१५ बैशाख २०७८, बुधबार १७:१२ मा प्रकाशित (२ साल अघि) २३७ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार ४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनामा गरी कुल २ हजार ४७ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।