आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

स्वास्थ्यकर्मीलाई बिदा नदिने, बिदामा बसेकालाई पनि काममा फर्किन मन्त्रालयको निर्देशन

गोकर्णेश्वर खबर१४ बैशाख २०७८, मंगलवार १९:०७ मा प्रकाशित (२ साल अघि) २४४ पाठक संख्या

काठमाडौं । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने भएको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने बिरामीको उचित एवम् प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने र यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन समेत गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले मंगलबार अस्पतालहरुलाई पत्र लेख्दै स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदामा बसेकाहरुलाई पनि बोलाउन निर्देशन दिएको हो ।

मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशतको पालो निर्धारण गरी सेवा दिन, दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न, थप जनशक्ति चाहिए ६ महिनाका लागि करारमा लिन पनि निर्देशन दिएको छ ।

मन्त्रालयले आकस्मिक उपचार दिने तर बहिरंग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न पनि निर्देशन दिएको छ ।