आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

काठमाडौँ उपत्यकामा मात्रै थपिए १ हजार ९६६ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१४ बैशाख २०७८, मंगलवार १८:५४ मा प्रकाशित (२ साल अघि) ६७७ पाठक संख्या

काठमाडौं । बितेको २४ घन्टामा काठमाडौं उपत्यकामा १९ सय ६६ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएको हो ।

द‍ेशभर पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । २६ हजार २२५ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर १५ हजार ६ सय ८१ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना उपचाररत छन् ।

मंगलबार देशभर ५५५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ५५५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७८ हजार ५०६ जना पुगेको छ । निको हुने दर ९०।५ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ ।