आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पुर्व सभासद स्वर्गीय चक्रबहादुर ठकुरीको छैटौं स्मृति दिवस मनाइयो

गोकर्णेश्वर खबर१२ बैशाख २०७८, आईतवार १३:३८ मा प्रकाशित (३ साल अघि) ८१७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ३ का समाजसेवी एवं पुर्व सभासद स्वर्गीय चक्रबहादुर ठकुरीको छैटौं स्मृतिदिवस मनाएको छ ।

 

 

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ३ का कार्यालय जोरपाटीमा आयोजित छैटौं औं स्मृति दिवसको उपलक्ष्यमा काठमाडौं क्षेत्र नं. ३ का सभापति एबम गोकर्णेश्वर नगरपालिका का प्रमुख सन्तोष चालिसेले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताए। “पूर्व क्षेत्रको पार्टी संगठन निर्माणमा स्वर्गीय ठकूरीको महत्वपूर्ण योगदान रहेको छ,”– उनले भने।

ठकुरीले देखेको सपना पुरा गरेमात्र उनीप्रति सच्चा श्रद्धान्जली हुने चालिसेको भनाइ थियो। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का सभापति चालिसेले मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं ३ का सचेतक एबम प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का सचिव एबम उपा मेयर शान्ति नेपाल ,नेपाली कांग्रेस सूचना,संचार तथा प्रचार विभाग केन्दिय सदस्य बिमल ठकुरी  , क्षेत्रका क्षेत्रीय पदाधिकारी एवं सदस्यहरु,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि ,जिल्ला सदस्य ,इकाई सभापति एवं पदाधिकारी ,नगर सभापति एवं पदाधिकारी, सम्पुर्ण भातृ संघका सभापति एवं पदाधिकारी ,बुथ प्रतिनिधि , नेपाली कांग्रेस क्रीयाशिल सदस्यहरु ,महिला समुह ,आमा समुह, पेसाकर्मी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।