FLASH NEWS
आज: २९ बैशाख २०७८, बुधबार | Wed, 12, May, 2021

२४ घन्टामा २,६१९ जना संक्रमित, १४ को मृत्यु

गोकर्णेश्वर खबर११ बैशाख २०७८, शनिबार १७:१० मा प्रकाशित (२ हफ्ता अघि) ११८ पाठक संख्या

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २६ सय १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो अवधिमा कोरोना भाईरस संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।

८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको छ ।