आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

जोरपाटी सुन्दरीजल सडक खण्ड कालोपत्रे शुरु

गोकर्णेश्वर खबर८ बैशाख २०७८, बुधबार २३:०४ मा प्रकाशित (३ साल अघि) ८१९ पाठक संख्या

काठमाडौं, बैशाख ८ । जोरपाटी सुन्दरीजल सडक अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं ४ को मूल सडक खण्ड आज बाट कालोपत्रे शुरु गरिएको छ । आज एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले उक्त सडकखण्ड कालोपत्रे कार्यको  पुजा सहित उक्त कार्यको शुभारम्भ गरेका हुन्।

उक्त  कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल , गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना, वडा नं४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ,वडा नं ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल वडा नं ९ का वडा अध्यक्ष  राजिब थापा  नगरपालिकाका  प्रमुख सल्लाहकार दिपक रिसाल गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत उमा थापा, बालकृष्ण श्रेष्ठ ,बिष्णु सुनाम  लगायत स्थानीयको उपस्थिति रहेको थियो  ।

लामो कसरत पश्चात नगरपालिकाका जनप्रतिनिधिहरुको  सडकक्षेत्रमा पर्ने घर टहरा र रूखहरु हटाउन पहलपश्चात कामले गति लिएको थियो। सात मिटर रहेको उक्त सडक खण्डको नगरपालिकाले २२ मिटर चौडा हुने गरि नापजाँच गरि कामको थालनी गरेको  थियो ।

उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भएपछि सो सडकको चौडाई फरकफरक हुनेछ । उपलब्ध भएका स्थानमा २० मिटरसम्म नै हुनेछ भने अरु स्थानमा सात, १४, १६ गरी फरक फरक चौडाइ हुनेछ ।सात मिटर हुँदा दुई लेनमा सवारीसाधन गुड्न सक्नेछ । सो सडकको ठेक्का सम्झौता गर्दा नै सडकको दुवैतर्फ पैदलयात्रु मार्ग निर्माण गरिने उल्लेख थियो ।अहिले मापदण्डानुसारमा चौडाइ भएका स्थानमा मात्रै पैदलयात्रु मार्ग निर्माण भइरहेको छ । कम चौडाइ भएका स्थानमा भविष्यमा स्थान उपलब्ध भएमा मात्रै फुटपाथ बन्न सक्छ । मापदण्डानुसारको सडकमा दुवैतर्फ ६०÷६० डायमिटरको पाइप राखिएको छ।  भने मापदण्डभन्दा कम चौडाइ भएका स्थानमा ९० डायमिटरको हिमपाइप राखिएको छ ।

सडक बिस्तारको काम काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले  गरिरहेको छ। जसलाई नगरपालिकाले सहजीकरण गरिरहेको छ ।उक्त सडक खण्ड कालोपत्रे थालनि भए संगै सो सडक प्रयोगकर्ताहरुलाई बैकल्पिक बाटो प्रयोग गर्न समेत गोकर्णेश्वर  नगरपालिका वडा नं ४ ले अनुरोध गरेको छ ।