आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पछिल्लो २४ घण्टामा हजार बढीमा संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा ४३५ थपिए

गोकर्णेश्वर खबर५ बैशाख २०७८, आईतवार १७:०१ मा प्रकाशित (३ साल अघि) २८९ पाठक संख्या

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन्।