आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

विद्यार्थीको स्वास्थ्य माथि खेलवाड बन्द गर्न नेवि संघको चेतावनी

गोकर्णेश्वर खबर३ बैशाख २०७८, शुक्रबार २१:०३ मा प्रकाशित (३ साल अघि) ५०६ पाठक संख्या

काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड बन्द गर्न सरकारसंग माग गरेको छ ।

संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्ति मार्फत सरकारको लाचारी प्रति रोष प्रकट गरेका छन् ।
प्रत्येक दिन देशभर संक्रमित संख्या बढीरहँदा समेत सरकारको अकर्मण्यता र लाचारीपुर्ण व्यबहारले विद्यार्थीहरूको स्वास्थ्य र भविष्यमाथी ठुलो खेलवाड भैरहेको संघले जनाएको छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरुको संक्रमणकै कारण मृत्युु भैसक्दा समेत सरकार गम्भीर नहुनुले यो सरकार रहुन्जेल सम्म नेपाली नागरिकको बाँच्ने हक सुरक्षित हुन नसक्ने बताए ।

उनले भने, यो सरकार जनतालाइ राहत होइन आहत दिन उद्यत छ भन्ने कुराको स्वयं सरकारको प्रत्येक गतिविधिले पुष्टि गरेको छ ।’

कोरोना संक्रमणको उच्च जोखिम दिन प्रतिदिन बढीरहेको सन्दर्भमा सबै विद्दालय, बिश्व विद्दालय, क्याम्पस र शिक्षालय लगायतका शिक्षण संस्थाहरूमा स्वास्थ्य सावधानी र सतर्कताको तत्काल बिशेष ब्यवस्था गर्न नेविसंघले माग गरेको छ ।