आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

काठमाडौंमा उपत्यकामा हावाहुरीसहित भिषण वर्षा

गोकर्णेश्वर खबर३ बैशाख २०७८, शुक्रबार २०:०५ मा प्रकाशित (२ साल अघि) ७१९ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार हावाहुरी सहित भिषण वर्षा भएको छ । दिउँसो छोटो समय असिनासहित वर्षा भएको उपत्यकामा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ । वर्षा भएपछि काम विशेषले यात्रा गर्नेहरु समस्यामा परेका छन् । उपत्यकामा दिउँसो कतै पानी परे पनि कतै भने घाम लागिरहेको थियो भने अहिले उपत्यकाभर भारी वर्षा भएको छ ।

वर्षा सुरु हुन थालेपछि उपत्यकाका केही स्थान केही बेर अध्यारै भएका थिए । दिउँसै अध्यारो भएपछि सवारी साधनले लाइट बालेर सवारी हाकिरहेका थिए ।

बिहीबार साँझदेखि मौसम बदली भएकामा शुक्रबार मात्र वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागले हावाहुरी र चट्याङसहित वर्षा हुने जानकारी विहानै गराएको थियो ।