आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

सुनौलो पाईलाका अध्यक्ष बिष्ट सम्मानित

गोकर्णेश्वर खबर२ बैशाख २०७८, बिहीबार ०७:३४ मा प्रकाशित (२ साल अघि) ४२३ पाठक संख्या

उप्रेती समाजसेवा समितिको बार्षिक साधारणसभा तथा सम्मान बितरण कार्यक्रम सम्पन्न भएको छ । समाजका पूर्व अध्यक्ष तथा पूर्व प्रमुख निर्बाचन आयुक्त श्री निलकण्ठ उप्रेती प्रमुख अतिथि रहेको कार्यक्रममा डा. बिष्णु राज उप्रेती तथा प्रहरी सेवाबाट निबृत गिता उप्रेती बिशेष अतिथि रहनु भएको थियो । उप्रेती समाजसेवा समिति तथा लक्ष्मी देबि – गंगा प्रसाद उप्रेती स्मृति प्रतिष्ठानको संयुक्त सम्मान र पुरस्कार बितरण समारोहमा बिभिन्न ५ वटा सामाजिक सेवामा कार्यरत संस्था सम्मानित भएका थिए ।
समाजका महासचिब लक्ष्मण प्रसाद उप्रेतीले स्वागत मन्तब्य र बरिष्ठ उपाध्यक्ष ओम प्रसाद उप्रेतीले धन्यबाद ज्ञापन गरेको कार्यक्रममा कार्यक्रममा उपाध्यक्ष डा. धर्म राज उप्रेतीले दाताको सहयोग हस्तान्तरणमा समन्वय गर्नु भएको थियो । सम्मान बितरण कार्यक्रममा अक्षयकोषदाताको तर्फबाट श्री तुलसि प्रसाद उप्रेती र लक्ष्मी देबि – गंगाप्रसाद उप्रेती स्मृति प्रतिष्ठानको तर्फबाट श्री प्रेम प्रकाश उप्रेतीले मन्तब्य राख्नु भएको थियो । दुबै कार्यक्रम समाजका अध्यक्ष मोहन कृष्ण उप्रेतीको अध्यक्षतामा भएका थिए ।
तेस्तै अक्षय कोषबाट समाजसेवी सुनौलो पाईलाका रोजिना बिष्ट र आवाज संस्थाका ईरादा पराजुली गौतमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।उप्रेती समाजसेवा समितिलाई बिशेष सहयोग गर्ने ई. मन्जिल उप्रेती तथा होटल तपसका संचालक खेमराज उप्रेतीले प्रशंसापत्र पाएका थिए । समाजको साधारणसभामा आ.ब. २०७६र७७ को बार्षिक तथा आर्थिक प्रतिबेदन पारित भएका थिए । सभामा समाजको भावी रणनीतिको बारेमा छलफल भएको थियो ।