आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

सिन्धुपाल्चोकका तरुण नेता सन्जय लामाबाट नयाँ बर्षको अवसरमा एक लाख पन्ध्र हजार सहयोग

गोकर्णेश्वर खबर२ बैशाख २०७८, बिहीबार ००:१० मा प्रकाशित (३ साल अघि) १०२४ पाठक संख्या

१ बैशाक २०७८, काठमाडौं । नयाँ बर्ष २०७८ को अवसरमा हाम्रो नया जिवन नेपाललाई समाजसेवी तथा सिन्धुपाल्चोकका युवा नेता सन्जय लामाले एक लाख पन्ध्र हजार सहयोग गरेका छन् ।

युवा व्यवसायी तथा युवा समाजसेवि एवम् नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का महाधिवेसन प्रतीनिधि युवा नेता सन्जय लामाले नगद रु १ लाख १५ हजार प्रदान गरेका हुन् । लामाले हाम्रो नया जिवन नेपाल सस्थाका बालबालिकाको लागी ट्याकसुट, डाईपर खरिद तथा नयाँ वर्षको पावन अवसरमा बालबालिकाको लागी मिष्ठान्न भोजन एवम् बालबालिकालाई मनोरन्जन का लागि आर्थीक सहयोग गरेका हुन् ।

लामा भन्नु हुन्छ सेवा नै धर्म हो र धर्म गर्नु कुनै मठ मन्दिर जानु पर्दैन यदी कोही अप्ठेरो अथवा दुखको परिस्तिथीमा परेको बेला  सहयोग गर्नु पाउनु पनि धर्म हो , हामी मानब भएर जन्मिएपछी एक आपस मा पर्द मर्दा सहयोगी भूमिका निर्बहा गर्नु पर्छ र एक अर्का लाई पर्दा मर्दा सहयोग गर्नु नै मानबिय धर्म हो साथै नयाँ बर्ष २०७८ को सम्पूर्ण स्वदेश तथा बिदेशमा बस्नु हुने नेपालीलाई  शुभकामना दिएको छ।

हाम्रो नया जिवन नेपाल सस्थाले मह्रत्वपूर्ण सहयोगका लागि समाजसेवी तथा युवा नेता सन्जय लामाप्रति विशेष धन्यवाद दिंदै कृतज्ञता व्यक्त गरेको छ ।