आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

मन्त्रिपरिषद बैठक : कोरोना संक्रमण बढेपनि तत्काल कुनै क्षेत्र बन्द नगरिने

गोकर्णेश्वर खबर३१ चैत्र २०७७, मंगलवार ०९:०९ मा प्रकाशित (२ साल अघि) १७४ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमण बढेपनि शैक्षिक लगायतका कुनै पनि क्षेत्र बन्द नगरिने भएको छ । तत्काललाई स्वास्थ्य मापदण्ड कडाईका साथ लागू गर्ने निर्णय सरकारले गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संक्रमण बढे पनि तत्काल कुनै क्षेत्र बन्द नगर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको छ । नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ ।

दिनहुँजसो कोरोना संक्रमिकतको संख्या बढ्दो छ । नेपालमा युके भेरियन्ट फैलिएपछि बालबालिका बढी प्रभावित हुन थालेका छन् । हिजो देशभर ५५९ जना संक्रमित भएका थिए ।