आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

२४ घन्टामा ५५९ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

गोकर्णेश्वर खबर३० चैत्र २०७७, सोमबार १७:४० मा प्रकाशित (३ साल अघि) २९१ पाठक संख्या

काठमाडौं । सोमबार साढे ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । २४ घन्टामा देशभरबाट ५ सय ५९ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ५ हजार १ सय ५ जनामा पिसिआर नमुना परीक्षणको नतिजामा कुल ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ५ सय ५९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । यीमध्ये ३ हजार ३ सय ६ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

सोमबार देशभर थप १ सय ३८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ३८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म ३ हजार ५३ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।