आज: १ जेष्ठ २०८२, बुधबार | Wed, 14, May, 2025

हिमालयन बौंद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रले ढाकार कोन्छ्योग चिदुई पुस्तकको उद्धघाटन हुदै

गोकर्णेश्वर खबर२९ चैत्र २०७७, आईतवार २३:४० मा प्रकाशित (४ साल अघि) ९५० पाठक संख्या

काठमाडौं । हिमालयन बौंद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रले ढाकार कोन्छ्योग चिदुई पुस्तक अनुवाद गर्ने भएको छ ।

श्रद्धेय धर्मगुरु डोल्पो टुल्कु रिन्पोछेको प्रमुख आतिथ्यतामा चैत्र ३१ गते मंगलबार बिहान ९ बजे बौद्धस्थित तिनचुलीमा हिमालयन बौंद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको कार्यालय उद्धघाटनका साथै पूजा पाठ गरी ढाकार कोन्छ्योग चिदुई पुस्तक अनुवाद सुरुवात गरिने भएको हो ।

तामाङ समुदायमा त्यसमा पनि गाँउघरतिरका लामाहरुले कोन्छ्योग चिदुई पूजा पाठ गर्ने तर त्यसको अर्थ नबुझेको कारण उक्त पुस्तकलाई अनुवाद गर्न लागिएको केन्द्रका अध्यक्ष कोसिस लोब्साङ बाईवाले जानकारी दिनुभयो ।

साथै उहाँले ढाकार कोन्छ्योग चिदुई पुस्तक सबैलाई नेपाली भाषामा बुझ्न सहजको लागि खेन्पो लोपेनहरुबाट अनुवाद हुने भएकाले उक्त कार्यक्रममा उपस्थित हुन सबै लामा, भिक्षु, भिक्षुनि, उपासक उपासिकाहरु लगायत सम्पुर्ण सदस्य तथा श्रद्धालु भक्तजनहरुलाई उपस्थितिका लागि आग्रह गर्नुभएको छ ।