आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेता कार्यकर्ता आ–आफ्नो स्थानबाट इमान्दार भएर लाग्ने हो भने देशमा कांग्रेस छाउने छ : महामन्त्री कोइराला

गोकर्णेश्वर खबर२९ चैत्र २०७७, आईतवार २२:३५ मा प्रकाशित (३ साल अघि) ७३० पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको निर्वाचनमा कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन् ।

नेपाली कांग्रेस रत्ननगर नगर समितिले आज चितवनको रत्ननगरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताए । ‘आ–आफ्नो स्थानबाट इमान्दार भएर लाग्ने हो भने देशमा कांग्रेस छाउने छ’ उनले भने ।

अहिले कांग्रेस एक हुन नसक्दा समस्या भएको उहाँको भनाइ थियो । अर्को प्रसंगमा कोइरालाले नेपाल कृषि प्रधान देश भएकाले कांग्रेसले आफ्नो सरकार बनाएर अब युवा लक्षित कृषि कार्यमा जोड दिने समय आएको बताए ।