आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गोंगबुस्थित गोदावरी होटलमा ३० वर्षीय युवक मृत भेटिए,दुई जना पक्राउ

गोकर्णेश्वर खबर२९ चैत्र २०७७, आईतवार २१:५९ मा प्रकाशित (३ साल अघि) ४८० पाठक संख्या

काठमाडौं – आइतबार बिहान काठमाडौँ महानगरपालिका २७, गोंगबुको मित्रनगरस्थित गोदावरी सन्तोषी गेस्टहाउसमा मृत अवस्थामा फेला परेका स्याङ्जाका ३० वर्षीय नारायणबहादुर क्षेत्रीसँगै होटलमा बसेका अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले धब्बुराम बस्नेत र राजकुमार कवर योगीलाई पक्राउ गरेको हो।
धब्बुराम काठमाडौंको आरुबारीबाट पक्राउ परेका हुन् भने राजकुमारलाई सुनवलबाट काठमाडौं ल्याइरहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतले भन्यो, ‘केही शंका यी दुईमाथि भएकोले पोष्टमार्टम रिपोर्ट नआउञ्जेल अनुसन्धान गर्नुपर्ने देखिन्छ।’

गोदावरी सन्तोषी गेस्टहाउसमा स्याङ्जाका ३० वर्षय नारायणबहादुर क्षेत्री मृत अवस्थामा फेला परेका थिए।

शनिबार राति सुनेका क्षेत्री आइतबार बिहान मृत भेटिएका हुन्।

गेस्ट हाउसको कोठा नम्बर २०४ मा क्षेत्रीको शव भेटिएको थियो। गेस्ट हाउसले राखेको रेकर्डअनुसार उक्त कोठा राजु क्षेत्रीका नाममा बुक भएको थियो।

क्षेत्रीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।