आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

आज थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर२९ चैत्र २०७७, आईतवार २१:४६ मा प्रकाशित (३ साल अघि) ४०७ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । पछिल्लो २४ घण्टामा १४१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

आइतबारसम्म कोरोनाभाइरसको सक्रिय संक्रमित २ हजार ९६१ जना रहेका छन् । कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको छ ।