आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

उन्नति जागरण महिला समुहद्वारा आयोजित ७ दिने अचार बनाउने तालिम सुरु

गोकर्णेश्वर खबर२८ चैत्र २०७७, शनिबार २०:२४ मा प्रकाशित (३ साल अघि) ८४५ पाठक संख्या
गोकर्णेश्वर नगरपालिकाको सहयोग र उन्नति जागरण महिला समुहद्वारा आयोजित ७ दिने अचार बनाउने तालिम आज देखि सुरु भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा ८ मकालबारी स्थित जी.जी. ट्राभलेजमा गोनपा प्रमुख सल्लाहकार दिपक रिसालले उद्घाटन गरेको हो ।
कार्यक्रम उन्नति महिला समुहका अध्यक्ष रबिना पौडेलको सभापतित्वमा , गोनपा प्रमुख सल्लाहकार दिपक रिसालको प्रमुख आतिथ्यमा ,गोनपा वडा ४ का वडा सदस्य जयराम महत विशिस्ट आतिथ्य , मकालबारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरिङ शेर्पा , नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य तथा समाजसेवी भावना ठकुरी , गोकर्णेश्वर लाइट एकेडेमीका पृन्सीपल सुर्य आचार्य लगायत उन्नति जागरण महिला समुहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त तालिममा  ५८ जना सहभागिता रहेको छ।  
 उक्त समूहले बिपन्न वर्गलाई लच्छित गरेर तीन महिने अतिरिक्त कक्षा संचालनका लागि नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य तथा समाज सेवी भावना ठकुरीले आर्थिक सहयोग गरेकी थिइन।

अध्यक्ष रबिना पौडेलले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रम रोजी पौडेलले संचालन गरेको थियो ।