आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

३३२ कोरोना संक्रमित थपिए,७९ डिस्चार्ज

गोकर्णेश्वर खबर२७ चैत्र २०७७, शुक्रबार २०:११ मा प्रकाशित (२ साल अघि) ३५७ पाठक संख्या

काठमाडौँ– नेपालमा बिहीबार थप ३३२ जनामा कोरोना पुष्टि भएको छ ।

४ हजार ६ जनाको पीसीआर परिक्षण गर्दा थप ३३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । त्यस्तै थप ७९ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुईलाख ७३ हजार ६०८ संक्रमित निको भएका छन् । गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म तीन हजार ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल दुई हजार ४ सय ५४ आइशोलेशनमा र ७७ जना क्वारेन्टाइनमा छन् ।