आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दो: आज थप ३३२ जनामा पुष्टि,उपत्यकामा मात्रै २०० संक्रमित भेटिए

गोकर्णेश्वर खबर२६ चैत्र २०७७, बिहीबार २१:२४ मा प्रकाशित (३ साल अघि) ४९९ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४००६ जनामा गरिएको परीक्षणमा ३३२ जना संक्रमित भेटिएका हुन् । थपिएकामध्ये काठमाडौं जिल्लामा १३९, ललितपुरमा ३८, भक्तपुरमा २२ जना रहेका छन् ।

योसँगै नेपालमा हालसम्म दुई लाख ७९ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २ लाख ७३ हजार ६०८ जना निको भएका छन् र २४५४ जना आइसोलेसमा छन् । कोरोना भाइरस संक्रमणका कारण ३०३८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

हालसम्म १८ लाख छ हजार २३६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।