आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

गोकर्णेश्वर ४ मा नि:शुल्क आँखा शिविर हुने

गोकर्णेश्वर खबर२६ चैत्र २०७७, बिहीबार २१:१४ मा प्रकाशित (३ साल अघि) ११९९ पाठक संख्या

काठमाडौँ, चैत्र २६ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा नि:शुल्क  आँखा शिविर हुने भएको छ।

नाइडोल  सामुदायिक बन उपभोक्ता समिति तथा गोकर्णेश्वर नगरपालिकाको संयुक्त आयोजना तथा कान्ति भैरब हेल्थ केयर प्रा .लि को प्राबिधिक  सहयोगमा चैत्र २८ गते शनिबार बिहान १० बजे देखि दिउसो ३ बजे सम्म आत्मा साधना केन्द्र गोकर्णेश्वर ४ मा हुने उक्त निशुल्क आँखा शिविरमा सहभागी भई आँखा  परिक्षण गराई लाभ उठाउन आयोजकले अनुरोध गरेको छ  ।