आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

चीनबाट प्राप्त कोरोना खोप भोलिदेखि लगाइने,तोकियो १४ केन्द्र

गोकर्णेश्वर खबर२४ चैत्र २०७७, मंगलवार २३:०८ मा प्रकाशित (४ साल अघि) ६०८ पाठक संख्या

काठमाडौँ– सरकारले चीनबाट अनुदानमा पाएको खोप भोलिबाट लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा उत्पादन भएको सिनोफार्मको खोप भोलिदेखि लगाउन शुरु गर्ने जनाएको हो ।

खोप अभियान अन्तर्गत मन्त्रालयले १८ देखि ५९ वर्ष समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधी, फलफूल, तरकारी लगायतका व्यापारीलाई खोप लगाइने जानकारी दिएको छ ।

मन्त्रालयले तोकेका १४ वटा केन्द्रबाट खोप लगाइने जानकारी दिएको छ ।