आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

भीम रावलको संयोजकत्वमा सुदूरपश्चिममा एमालेको समानान्तर कमिटी गठन

गोकर्णेश्वर खबर२४ चैत्र २०७७, मंगलवार २३:०२ मा प्रकाशित (२ साल अघि) ३८९ पाठक संख्या

काठमाडौँ – नेकपा एमाले नेपाल-खनाल पक्षले सुदूरपश्चिम प्रदेशमा पनि समानान्तर कमिटी गठन गरेको छ ।

नेपाल पक्षको मंगलबार धनगढीमा सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले भीम रावल संयोजकत्वमा समानान्तर कमिटी गठन गरेको हो ।

बैठकले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाहेक ८ जिल्लाको जिम्मेवारी तोकेको छ ।

जसअनुसार कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिल्ला अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

खनाल–नेपाल पक्षका नेताहरूले यसलाई समानान्तर कमिटी नभई अपूर्ण रहेको कमिटीको पूर्णता भनेका छन्।