आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

२८ औं जन्मदिन मनाउँदै नायिका वर्षा

गोकर्णेश्वर खबर२४ चैत्र २०७७, मंगलवार २२:३२ मा प्रकाशित (३ साल अघि) ३६३ पाठक संख्या

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा ‘नाई नभन्नु ल २’बाट प्रवेश गरेकी नायिका वर्षा सिवाकोटी पछिल्लो समय सर्वाधिक व्यस्त छिन् । चलचित्रको सेड्यूल मिलाउन धौ–धौ परेपछि उनले केही चलचित्र छाड्नु पनि परेको छ ।

उनै, वर्षा आज आफ्नो २८ औं जन्मदिन मनाउँदैछिन् । मोरङमा जन्मिएर काठमाडौंमा नै हुर्किएकी वर्षाले जन्मदिनको अवसरमा खासै योजना नभएको बताइन् । उनले भनिन्–‘सिद्धिबिनायक मन्दिर पुगेर पूजा गरेर फर्किएँ । अरु, खासै कार्यक्रम त छैन । परिवारसँग सेलिव्रेशन गर्ने योजना छ ।’

वर्षाले नेपाली चलचित्रको आफ्नो यात्रालाई सुखद रुपमा लिएको बताइन् । उनले भनिन्–‘मेरा चलचित्रहरुले बम्पर व्यापार नगरेपनि मेकरले मलाई पत्याउनु भएको छ । यो कुराले मलाई खुशी बनाउँछ । चलचित्र क्षेत्रमा लागेर म निकै खुशी छु । यही क्षेत्रले मलाई धेरै कुराहरु दिएको छ । मेरा सपनाहरु पुरा गरेको छ ।’