आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नवदीपले गर्यो विद्यालयमा डस्विन वितरण तथा पीडितहरुलाई आर्थीक सहयोग

गोकर्णेश्वर खबर२३ चैत्र २०७७, सोमबार २१:१६ मा प्रकाशित (३ साल अघि) ४५० पाठक संख्या

काठमाडौं – अर्घाखाँचीको मालारानी गाउँपालिका ५ वाँगीको नवदीप युवा क्लबले समाजिक कार्य अन्र्तगत मालारानी ५ का सामुदायिक विद्यालयलाई डस्विन वितरण,अग्नी पिडितको लागी तथा जेहन्दार विद्यार्थीको अध्ययनको लागी आर्थिक सहयोग हस्तान्तरण गरेको छ । त्यस्तै नयाँ वर्ष ०७८ को भित्तेपात्रो समेत बिमोचन गरिएको छ ।

क्लबले मलारानी ५ वडाभरका प्रत्येक सामुदायिक विद्यालयलाई डस्विन वितरण गर्नुका साथै अग्नी पीडित तथा पारिवारिक अवस्था कमजोर भएका जेहन्दार विद्यार्थीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

मालारानी ५ वडा कार्यालयमा भएको एक कार्यक्रमकाबीच नयाँ वर्षको भित्तेपात्रो बिमोचन साथै पीडितहरुको लागी आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । केही दिन अघि घर-गोठमा लागेको आगलागीबाट पीडित हुनुभएका मालारानी ५ कर्नामारे निवासी खिम बहादुर चुदालीलाई क्लबको तर्फबाट १० हजार सहयोग हस्तान्तरण गरिएको छ भने पारिवारिक अवस्था कमजोर भएका पढाईमा अब्बल श्रीजनज्योति मावी मा अध्ययनरत मालारानी ५ भण्डारका बिद्यार्थी अर्जुन कुवरलाई अध्ययनमा केही सहयोग होस् भन्ने हेतुले २० हजार सहयोग रकम क्लबको तर्फबाट हस्तान्तरण गरेको क्लबका सचिव बिष्णु आचार्यले जानकारी दिए । उनका अनुसार सहयोग रकम वडाध्यक्ष भुसाल मार्फत हस्तान्तरण गरिएका हो ।

क्लबको गत वर्षको योजना अनुरुप मालारानी वडा ५ का सम्पूर्ण सामुदायिक विद्यालय,हेल्थपोष्ट, हुलाक कार्यालयमा फोहर संकलनको लागी डस्विन वितरण गर्ने योजनाले पूर्णता पाएको सचिव आचार्यले बताए । ‘गत वर्षको हाम्रो योजना वडा ५ मा प्रत्येक सामादायिक विद्यालयमा फोहर संकलनको लागी डस्विन पुर्याउने थियो त्यसले आज पूर्णता पाएको छ’ उनले भने ‘मालारानी ५ का प्रत्येक सामुदायिक विद्यालयमा डस्विन पुर्याउन सफल भएका छौं ।क्लबले धेरै ठुलो काम गर्न त सक्दैन,हामी सँग आय स्रोत पनि छैन् तथापी स्वयम क्लबका साथीहरुबाट केही रकम उठाएर अग्नी पिडितहरुलाई, विरामीहरुलाई सहयोग गर्दै समाजिक कर्ममा जोडिएका मात्र छौं । जति सक्छौं त्यति गर्ने नै हो । समाजको विकास हुनु भनेको हाम्रो विकास पनि हो । समाजमा पीडामा परेकाहरुलाई मलम लगाउन सकेको आर्थीक,भौतिक सहयोग गर्ने कार्यमा क्लब प्रतिबद्ध छ ।’

गत वर्षकै योजना अनुरुप बाँकी भएका विधालयहरु सङम आवासयि विद्यालय(कर्नामारे)ज्योती आवासिय विद्यालय(बासटारी),जनता आबि,
मालारानी आबि(आल्छामारी)लाई आज डस्बिन वितरण गरिएको हो । क्यालेण्डर बिमोचन वडाध्यक्ष सोभाखर भुसालले गरेका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष भुसालले स्थानिय तहलाई सहयोग गर्दै समाज विकासमा निरन्तर लाग्ने नवदीप प्रति आभार प्रकट गरे । उनले देश विकास र परिवर्तनका लागी यूवाहरुको भूमिका उल्लेख्य हुने भन्दै देश विकास गर्न पहिला समाज विकास र रुपान्तरणमा ध्यान दिन जरुरी रहेको बताए । ‘देश विकासको लागी पहिलो काम हामीले हाम्रो समाजलाई विकास गर्नुपर्छ, समाजमा भएका विकृती विसंगती विरुद्ध लड्नु पर्छ’ उनले भने ‘तब मात्र समग्र देश उन्नती तथा विकासको पाहिलामा अगाडी बढ्न सक्छ ।’

अध्यक्ष भुसालले क्लबले विगतदेखी गर्दै आएका रचनात्मक कामलाई वडाबाट निरन्तर सहयोग भएको र आगामी दिनहरुमा पनि यस्तै रचनात्मक काममा सहयोग रहिरहने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा शान्ती उच्च माबिका प्रधानाध्यापक मानबहादुर पाण्डेले क्लबले गरेका सकारात्मक कामको प्रशंसा गर्दै युवाहरु आफ्नो समाजको विकासमा यसरी नै लाग्नु पर्ने बताए। उनले विद्यालयहरुमा डस्विन वितरण, समाजमा आइपरेका समस्यालाई क्लबको तर्फबाट आर्थीक भौतिक सहयोगमा निरन्तरता दिने, जेहन्दार विद्यार्थीहरुलाई अध्ययनको लागी सहयोग हस्तान्तरण गर्ने कार्यले क्लबको गरिमा उचो भएको बताए । ‘हामीले निरन्तर हेरिरहेका छौं, क्लबले मालारानी ५ को लागी धेरै काम गरेको छ ,क्लबले आफ्नो कर्तव्य र दाहित्वलाई प्रमाणीत गरेको छ’ प्रअ पाण्डेले भने ‘यस्ता कामले निरन्तरता पाउँन ।’

कार्यक्रममा वडाका जनप्रतिनिधि,विभिन्न विद्यालयका प्रअ लगायतको उपस्थिती रहेको थियो ।
क्लबका अध्यक्ष सुर्य कुँवरको अध्यक्षतामा भएको कर्यक्रमको संचालन क्लबका सदस्य केशव कुँवले गरेका थिए ।