आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कागेश्वरी मनोहरा-१ र २ मा जनप्रतिनिधि र नेकपा एमालेका नेता कार्यकर्ता विच “सुन्ने भन्ने” कार्यक्रम

गोकर्णेश्वर खबर२३ चैत्र २०७७, सोमबार ०७:०४ मा प्रकाशित (३ साल अघि) ४८६ पाठक संख्या

काठमाण्डौ , कागेश्वरी मनोहरा वडा नं १ र २  मा जनप्रतिनिधि र नेकपा एमालेका नेता कार्यकर्ता विच “सुन्ने भन्ने” कार्यक्रम सम्पन्न भएको छ। नेकपा एमाले  कागेश्वरी मनोहरा-१  वडा कमिटिको आयोजनामा भएको कार्यक्रममा नेता कार्यकर्ता र जनप्रतिनिधि विच अन्तरक्रिया गरिएको थियो।

जनप्रतिनिधिले आफुले गरेका कामहरुको जानकारी गराउने र नेता कार्यकर्ताहरुले सुझाव प्रदान गरिएको उक्त कार्यक्रममा बागमती प्रदेसका भौतिक पूर्वाधार मन्त्रि रामेश्वर फुयाल,काठमाण्डौ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ३ का संयोजक बिस्वराज श्रेष्ठ , कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनी ,वडा अध्यक्षहरु सहित विभिन्न कमिटिका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

संघीय ,प्रदेस र स्थानीय सरकार मार्फत भएका विकास निर्माण तथा सामाजिक हितका कामहरुलाई प्रभावकारी र जनमुखी बनाउन पार्टी परिचालनका लागि अभियानका रुपमा सो कार्यक्रम शुरु गरिएको बागमती प्रदेसका भौतिक पूर्वाधार मन्त्रि रामेश्वर फुयालले बताएका छन।

सो कार्यक्रम काठमाण्डौ क्षेत्र नं ३ का अन्य वडाहरुमा पनि संचालन गरिने जानकारी दिदै मन्त्रि फुयालले पार्टीका नेता तथा कार्यकर्ता बाट प्राप्त सुझावले योजना निर्माणमा सघाउ पुग्ने बताएका छन।