आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वरमा ४ दिने सामुदायिक विपद् प्रतिकार्य तालिमको उद्घाटन

गोकर्णेश्वर खबर२३ चैत्र २०७७, सोमबार ०६:४४ मा प्रकाशित (२ साल अघि) ४३४ पाठक संख्या
२२ चैत काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ मा सामुदायिक विपद् प्रतिकार्य तालिमको उद्घाटन भएको छ ।
४ दिनसम्म चल्ने सामुदायिक विपद् प्रतिकार्य तालिमको उद्द्धाटन कार्यक्रम नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उद्द्धाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी सन्तोष चालिसेले विपद् पछिको क्षति न्युनिकरणका लागि यस्तो तालिम दिईएकोमा जोड दिनुहुँदै विपद् प्रतिकार्यका लागि नगरपालिकाले जनचेतना बढाउने कार्यहरुलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको बताउनु भयो ।
यसैगरी विपद् प्रतिकार्य तालिमको उद्घाटन समारोहका सभापति तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजिव थापाले विपद्मा परेका व्यक्तिहरुको समयमै सहि किसिमबाट उद्धार हुन सकेमात्र क्षति न्युनिकरण हुने भएकोले विपद्मा उद्धार कार्य कसरी गर्ने भन्ने सचेतना बढाउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
यसै गरी श्री नं. १ विपद् व्यवस्थापन गण सुन्दरीजलका गणपति सञ्जिव सिलवालले नेपाली सेना विपद्मा जनताको सेवामा खटिरहने भए पनि जनता आफैं सचेत भए विपद्बाट आफू र आफ्नो समुदायलाई जोगाउदै क्षति कम गर्न तथा उद्धार कार्यमा सहभागी हुन समेत अग्रसर हुन सक्ने भएकोले यस्तो तालिम महत्वपूर्ण हुने बताउनु भयो ।
कार्यक्रममा श्री नं. १ विपद् व्यवस्थापन गण सुन्दरीजलका सह–सेनानी सूर्य प्रकाश राई, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडा सदस्य हरिकृष्ण कारञ्जित, वडा सदस्य गमलाकुमारी परियार, नव अरुणिमाका प्रध्यानाध्यापक अर्जुन प्रसाद दंगाल, ग्राम निर्माण बन्धु मण्डलका उपाध्यक्ष किरण पण्डित, भगवती युवा क्लबका अध्यक्ष सञ्जय विक लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो । तालिम गोकर्णेश्वर नगरपालिका वडा नं. ९ मा चैत २२ गतेबाट २५ गतेसम्म सञ्चालन हुनेछ ।