आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

आहा रारा फुटबल आजबाट, उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्दै

गोकर्णेश्वर खबर२१ चैत्र २०७७, शनिबार ११:१० मा प्रकाशित (३ साल अघि) ४२१ पाठक संख्या

पोखरा । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १९औं संस्करण आजदेखि सुरु हुँदैछ ।
पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । खेल आज दिउँसो २ः३० बजे शुरु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
आयोजकले हालसम्म प्रतियोगितामा ३५ खेल खेलेको छ । जसमा २२ खेलमा जित निकाल्दा १३ खेलमा पराजित भएको छ ।
सहाराले बिस २०७० मा उपाधि जितेको थियो । त्यस्तै २०६९ र २०७३ मा उपविजेता बनेको थियो ।
एपीएफले आहा रारामा २२ खेल खेलेको छ । जसमा ८ खेल जित्दा १४ खेल गुमाएको छ ।
एपीएफ बिस २०६४ सालको उपविजेता टिम हो ।
प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी भएका छन । प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब, मच्छिन्द्र क्लब र विदेशी टिम अफ्रिकन रुट एशोसिएशन, डउला क्यामरुन सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिएका छन ।
प्रतियोगिताको विजेता टिमले १० लाख एक हजार तथा उप–विजेताले पाँच लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।