आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

प्रधानमन्त्री ओलीले आज १६५ वटा सडकको शिलान्यास गर्दै

गोकर्णेश्वर खबर२१ चैत्र २०७७, शनिबार १०:५६ मा प्रकाशित (३ साल अघि) ४७४ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्दैछन ।
सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट आज बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको छ । निश्चित क्राइटेरियाका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदज्यूहरुले सिफारिस गरेका सडकहरु छनौट भएका छन्,’ मन्त्रालयका सचिव श्रेष्ठले भने, ‘नेपालको सडक सञ्जालको क्षेत्रमा यी सडकहरुमा रणनीतिक महत्त्व छ । सबै ठाउँमा प्रधानमन्त्री ज्यू पुग्न सम्भव नभएकोले एकै ठाउँबाट शिलान्यास गर्न लागिएको हो ।’